साप्ताहिक संवाददाता
असार २५, २०७६
यस वर्षको मदन पुरस्कारका लागि छनौँटमा परेका उत्कृष्ठ सात कृतिको नाम सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७५ लागि आवेदन दिएका कृति मध्येबाट उत्कृष्ठ ७ मा पर्न सफल कृतिको नाम सार्वजनिक गरेको हो ।
उत्कृष्ठ ७ कृतिमा सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पर्न सफल भएका छन् ।
मदन पुरस्कार गुठीले गुठीलाई प्राप्त भएका जम्मा २५७ कृतिहरुबाट उत्कृष्ठ ७ पुस्तक छानिएको बताएका छन् । उत्कृष्ठ ७ मा परेका कृति मध्येबाट एक पुस्तकलाई मदन पुरस्कार प्रदान गरिने छ । मदन पुरस्कारको राशि २ लाख रुपैयाँ रहेको छ ।