साप्ताहिक संवाददाता
हास्य कलाकार शिवहरि पौडेलले निर्देशन गर्न लागेको चलचित्र ‘लक्का जवान’मा अभिनेत्री प्रियंका कार्कीले अभिनय गर्ने भएकी छिन् । यो चलचित्रका लागि अभिनेत्री कार्की लिखित रुपमै अनुबन्ध भैसकेकी छिन् । चलचित्रका निर्देशक शिवहरि पौडेल र निर्माता किरण केसीले फेसबुकमा तस्बिर राख्दै उक्त कुराको जानकारी दिएका हुन् ।
चलचित्र ‘लक्का जवान’ आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुन लागेको हो । विभिन्न हास्य सिरियल निर्देशन गरिसकेका पौडेलले यसै चलचित्र मार्फत चलचित्र निर्देशनमा हात हाल्न लागेका हुन् ।
यो चलचित्र मार्फत अभिनेता दिलिप रायमाझीकी छोरीले पनि चलचित्र नगरिमा डेब्यू गर्ने खबर सार्वजनिक भएका छन् । चलचित्र ‘लक्का जवान’ मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । चलचित्रको सह–निर्माताका रुपमा भने किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल रहने छन् ।