असार २७ गते : तुलसी रोपणम् । असार २९ गते : भानुजयन्ती । असार ३१ गते : गुरु पूर्णिमा, खण्डग्रास चन्द्रग्रहण । साउन १ गते : साउने संक्रान्ति, लुतो फाल्ने दिन ।
मेष
व्यवसायले सहजै उचाइ लिँदा अरूको मुख ताक्नुपर्नेछैन । स–साना अवरोध तथा आलोचना खेप्नुपरे पनि तपाईंको प्रखरताले सजिलै त्यसलाई निस्तेज तुल्याउनेछ । स्वास्थ्यमा देखा परेको थोरबहुत समस्या मंगलबारपछि क्रमिक रूपमा सुध्रिनेछ । साताको अन्त्यमा मन मिल्ने साथीहरूसँग जलक्रीडा वा घुमघाममा रमाउन पाइनेछ ।
वृष
सभा–सम्मेलनमा रुचि राख्न उत्प्रेरित भइनेछ । युवाहरूमाझ आफ्नो बोलीको प्रभाव बढ्नेछ भने प्रतिभाको कदर समेत हुनेछ । आफन्त तथा अभिभावकको निगरानीले तपाईंलाई व्यवहारिक बन्न प्रेरणा दिनेछ । मन मिल्ने मित्रहरूको सुझाव आत्मसात् गर्दा गोपनियताको हेक्का राख्नुपर्नेछ ।
मिथुन
आवेशमा गरिएको कार्यले उल्टो परिणाम दिन सक्छ । अचानक प्रेम प्रस्ताव प्राप्त हुनसक्छ, विवेक पुर्याएर निर्णय गर्नुहोला । तपार्इंको निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । नयाँ मित्रहरूबाट प्राप्त सुझावले विदेश भ्रमण समेत गराउन सक्छ ।
कर्कट
बेलैमा सचेत भै अनुशासित रूपमा काम गर्दा षड्यन्त्रकारीहरूलाई परास्त गर्न सकिनेछ । अनौठा डिजाइनका पहिरनमा लगानी गर्दा मुनाफा हुनसक्छ । व्यवसायमा उपलब्धि हात पार्न केही समय कुर्नुपर्नेछ । पर्यटकीय क्षेत्रको काम लाभप्रद रहनेछ । राति यात्रा गर्दा सचेतता अपनाउनुहोला ।
सिंह
आफ्नो पहिरनको प्रशंसा हुनेछ । जवाफदेही कार्य सम्पन्न गरी नयाँ उचाइमा पुगिनेछ । काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । मेहनत गरे स्वदेशमै अवसर हात लाग्नेछ । खानपान तथा स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।
कन्या
अध्ययनको ठूलो अवसर पहिल्याइनेछ । कुरा काट्नेहरूले प्रशंसा गर्न थाल्नेछन् । संयममै आफ्नो कल्याण छ । सानै लगानीबाट चित्तबुझदो मुनाफा हात लाग्नेछ । हरियो रंग प्रयोग गर्न सके काम सहज हुनेछ ।
तुला
उच्चपदस्थहरूसँगको भेटघाटले विविध क्षेत्रका अवसरहरूको जानकारी पाइनेछ । पूर्वसहपाठी एवं मित्रजनबाट मन पराएको प्रस्ताव प्राप्त हुनसक्छ, ढिलाइ नगरी निर्णय लिनुहोला । भ्रमणका क्रममा तपार्इंले नै खर्च गर्नुपर्ने हुन्छ । यो साता पश्चिमतर्फको यात्रा लाभदायक देखिन्छ ।
वृश्चिक
आध्यात्मिक ज्ञान तथा योगतर्फ आकर्षित भइनेछ । जोस–जाँगर बढ्नेछ । भनेजस्तो आम्दानीको स्रोत फेला पार्न केही समय लाग्नेछ । पहिलेका समस्या सुल्झिँदै गएको अवस्था छ । सवारी साधन जुटाउने प्रयास गरिए पनि परिस्थितिले साथ नदिँदा उक्त योजना केही महिना पर सर्नसक्छ ।
धनु
तपाईंको व्यक्तित्व, प्रभाव तथा उन्नति देख्नेहरू लोभिनेछन् । स्वदेशमै उपलब्धि हात पार्न प्रेमिकाको सहयोग महत्वपूर्ण रहनेछ । पुर्ख्यौली धन खर्च गरी वैदेशिक यात्रा तय गरिनेछ । नातेदारको भोजभतेरमा सहभागी भइनेछ । साथीहरूसँग मनोरञ्जनमा सामेल हुँदा समय तथा स्वास्थको ख्याल राख्नुहोला ।
मकर
आफनो व्यवसायलाई उचाइमा पुर्याउन स्थान परिवर्तन जरुरी छ । ठूला खाले योजना तर्जुमा गर्दा थप समय खर्चिनुपर्नेछ । स–साना समस्या तथा बाधा सहजै निराकरण गर्न सकिनेछ । सामाजिक उत्सवमा सरिक हुँदा समय तथा स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ ।
कुम्भ
डाहा गर्नेहरूले पारिवारिक वातावरण खलबल्याउन सक्छन् । ढिलै भए पनि विदेश यात्राको सपना पूरा हुनेछ । साथीभाइमार्फत अपरिचित व्यक्तिबाट प्रेमको प्रस्ताव आइलाग्दा निर्णय गर्न गारो होला । प्रतिस्पर्धामा सहभागी हुँदा परिणाम आफ्नो पोल्टामा पर्नसक्छ ।
मीन
सेतो तथा रातो रंगको अनुसरणले शुभलाभ दिनेछ भने कार्य सम्पन्न गर्न सहजसमेत होला । प्रियजनसँगको भेटघाटले मन प्रफुल्लित बनाउनेछ । काम गर्ने हौसला वृद्धि हुनेछ । परिवारका अग्रज सदस्यहरूको सुझावअनुरूप व्यवसाय गर्दा नोक्सान बेहोर्नु पर्नेछैन । शुभचिन्तकहरूसँगको पारस्पारिक सहयोगले ऊर्जा प्रदान गर्नेछ ।