साप्ताहिक संवाददाता
असार २७, २०७६
कालिकास्थानस्थित एड्रेस लाउन्जसमा हुक्का फेस्टिभल हुँदैछ । आज शुक्रबार अपरान्ह ४ बजे प्रारम्भ हुने उक्त फेस्टिभल राति १०ः३० सम्म चल्नेछ । हुक्का फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था छ ।
‘हामी हुक्का फेस्टिभल गर्दैछौं । हामीकहाँ डिफ्रेन्ट किसिमका हुक्का पोर्ट छन्,’ लाउन्जका म्यानेजर सन्तोष श्रेष्ठले भने, ‘यो परिवारसँग रमाइलो गर्ने एउटा बहाना पनि हुनेछ ।’
हुक्का फेस्टिबेलमा स्ट्यान्डअप कमेडियन प्रनेश गौतमको प्रस्तुतिका साथै लाइभ डिजे सेसनसमेत चल्नेछ । एड्रेसबाट काठमाडौंको ३ सय ६० डिग्री भ्युजको आनन्द पनि उठाउन पाइन्छ ।