मन्दिरमा भ्यागुताको विवाह

- नरेन्द्र बस्नेत

असार २८, २०७६

मध्यअसारमा समेत पानी नपरेपछि पानीको माग गर्दै मोरङको रंगेली नगरपालिका–७ स्थित श्री संन्सारी मन्दिरमा स्थानीय कृषकहरूले भ्यागुताको विवाह गरिदिएका छन् । उक्त अवसरमा बेहुला र वेहुली पक्षसहित वैवाहिक कार्यक्रम सम्पन्न गरिएको थियो ।

मन्दिरका पुजारीले बौद्धिक मन्त्र पढेपछि भाले भ्यागुताका तर्फबाट पोथी भ्यागुतालाई चुरा पोते तथा श्रृंगारका सामान लगाइदिएर बेहुलीझैं सिँगारिएको थियो । विवाहमा रंगेली नगरपालिकाका वडा नम्बर–७ का अध्यक्ष रामचन्द्र मण्डल तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सञ्जवी श्रेष्ठले बेहुला र बेहुली पक्षको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा रंगेली, सुनवर्सी नगरपालिका तथा धनपालथान गाउँपालिकाका किसानहरूको सहभागिता थियो । समयमा वर्षा नभएका कारण मोरङमा अहिले सम्म १५ देखी २० प्रतिशतमात्र धान रोपाइँ भएको बताइन्छ । 

प्रकाशित :असार २८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्