हङकङको शौन्दर्यमा लोरी

- अनोज रोक्का

असार २८, २०७६

आधुनिकतासँगै अग्ला प्राकृतिक डाँडाकाडा, सफा शान्त वातावरण र निलो समुद्रको क्षितिज, यि दृश्यहरु हरेक निर्देशकको क्यानभासमा हुन्छन् । यहि दृश्यमा कयौं चलचित्र, म्युजिक भिडियो बने । हङकङको यो लोभलाग्दो दृश्य फेरि एकपटक नयाँ म्युजिक भिडियो लोरीमा देख्न पाईने भएको छ ।

हातमा लिएर, मुटुमा टासेर लोरी सुनाउँदैछु तिमीलाई, औला समाएर जीवनको यात्रामा हिड्न सिकाउदैछु तिमीलाई गीतमा समावेश लोरीको भावमा सुर्जेन, शान्ती नेपाली र बाल कलाकार ऐन्जिला गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोलाई विक्रम गुरुङले खिचेका छन् ।

गायक दिपेन गुरुङ भन्छन् गीतको मर्मलाई न्याय दिनका लागि भिडियोमा मेहनत गरेका छौँ । एउटी आमाको सन्तान प्राप्तीको चाह, खुसी अनि ममतालाई शब्द, संगीत, गायकी तथा दृश्यमा उत्तार्ने प्रयास हो हाम्रो ।

रोमन बज्रचार्यको फिचरिङ तथा संगीतमा तयार भएको गीतको भिडियो दिपेन स्वयंमले निर्देशन गरेका छन् । भिडियोलाई हङकङको पर्यटकीय केन्द्रहरु वाटर वे, ईन्सिपिरेशन लेक लगायतका स्थानमा छायाङ्कन गरिएको छ ।

 

प्रकाशित :असार २८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्