साप्ताहिक संवाददाता
असार २८, २०७६
ब्राजिलमा पछिल्ला केही वर्षदेखि कुन युवतीको पुठ्ठा आकर्षक भन्ने प्रतियोगिता आयोजित हुँदै आएको छ । पहिले ब्राजिलका युवतीहरूबीच मात्र हुने यो प्रतियोगितामा केही सहभागीले कृत्रिम ढंगले पुठ्ठा ठूलो बनाएर सहभागी हुने क्रम बढेपछि प्रतियोगिता नै स्थगित गरिएको थियो ।
आयोजकले कृत्रिम रूपमा पुठ्ठा ठूलो बनाइएको हो–होइन परीक्षण गरेर मात्र प्रतियोगितामा सहभागी गराउन थालेपछि अहिले यो प्रतियोगितामा ब्राजिलका मात्र नभएर अन्य मुलुकका युवतीहरू समेत सहभागी हुन थालेका छन् । मिस वन वनको लोकप्रियता अन्य मुलुकमा पनि छ ।
केही वर्षयतादेखि चीनले पनि आकर्षक पुठ्ठा हुने युवतीहरूबीच प्रतिस्पर्धा गराउन थालेको छ ।