सम्झौताको बाटोमा 

- साप्ताहिक संवाददाता

असार २९, २०७६

लामो समयदेखि एक–अर्का विरुद्ध शत्रुतापूर्ण व्यवहार गर्दै आएका ऋत्विक रोशन तथा कंगना रणावतबीच सम्झौता भएको संकेत देखिएको छ । आ–आफ्ना अपकमिङ चलचित्र ‘सुपर ३०’ र ‘जजमेन्टल है क्या’ को प्रमोसनमा रहेका ऋत्विक र कंगना वचको सम्बन्धका बारेमा बलिउडमा यसअघि ठूलै विवाद सिर्जना भैसकेको छ ।

खासगरी ऋत्विकले आफ्नो यौन शोषण गर्दै आएको आरोप लगाएकी कंगनाले यतिबेला ऋत्विक सँगको सम्बन्ध सुधार्न आफ्नो चलचित्र ऋत्विकको चलचित्रसँग नजुधाउने निर्णय गरेकी छिन् । कंगनाको उक्त निर्णयपछि ऋत्विकले पनि आफ्ना तर्फबाट कंगनाप्रति कुनै दुराग्रह नभएको बयान दिएका छन् ।

प्रकाशित :असार २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्