साप्ताहिक संवाददाता
असार २९, २०७६
नेपाली टेलिभिजन च्यानलको संख्या वृद्धिसँगै अहिले गायनमा आधारित रियालिटी शोको संख्या पनि बढिरहेको छ । नेपाल आइडल, द भ्वाइस अफ नेपाल, लोकस्टार, लोकतारासँगै लैबरी सिङ्गिङ स्टार शीर्षकको रियालिटी शोले पनि नयाँ–नयाँ प्रतिभा जन्माइरहेको छ ।
बालबालिकाको गायनमा निखार ल्याउने तथा आत्मविश्वास जगाउने यो रियालिटी शोको चौथो श्रृंखला प्रसारणको क्रममा छ । रियालिटी शोका लागि काठमाडौं, धादिङ तथा नुवाकोटमा अडिसन भैसकेको छ भने चितवन र सोलुखुम्बुमा यही साता अडिसन हुने बताइएको छ ।
यो शोमा गायक नारायण लामा, राज सिग्देल तथा गायिका प्रमिला तामाङ निर्णायक रहने बताइएको छ ।