साप्ताहिक संवाददाता
कलाकार कृष्ण प्रसाद धिताल (धिताल चिरिच्यााट्ट) नयाँ गीतको म्यूजिक भिडियो सहित बजारमा आएका छन् । ‘सुनमा सुती फलाम चोर्ने देश’ बोलको गीत उनले चिरिच्यााट्ट इन्टरटेन्मेन्ट नेपाल युटुबबाट सार्बजनिक गरेका छन् ।
बिगत एक दशक देखि हाँस्यब्यङग्य तथा नाटकमा सक्रिय धितालले राजनैतिक ब्यबस्था फेरिए पनि जनताको जीवनस्तर नफेरिएको, देशमा सम्भाबना हुँदाहुँदै बिदेश भौतारिनु परेको अबस्थाको चित्रण गीतमा गरेका छन् ।
देश माफियाले चलाएको, भ्रष्टचार मौलाएको र यसको अन्त्य गर्ने र देशलाई सिस्टममा लाने देश प्रेमी निरकुशता आबश्यकता भएकै हो कि झन्ने आशय व्यक्त गरिएको छ । गीतमा बाबुल गिरीको संगीत तथा संगीत संयोजन रहेको छ ।
आशाका गितमा ब्यत गरेका छन् । देशमा बहुमतको सरकार हुदा समेत बिकास भन्दा पनि जोक मात्र सुन्नु गरेको प्रति तिखो ब्यङग्य प्रहार गरेका छन ।
गीतको म्यूजिक भिडियो :