साप्ताहिक संवाददाता
नेपाल अमेरिका फिल्म सोसाइटीले गत साता अमेरिकाको मेरिल्यान्डमा सम्पन्न गरेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ वटा चलचित्रलाई विभिन्न विधाका पुरस्कार प्रदान गरिएको छ ।
महोत्सवमा ग्रान्ड जुरी एवार्डमा निर्देशक मनोज बाबु पन्तको अवशेष, कथानकतर्फ उत्कृष्ट निर्देशक तौकिर अहमदको फागुनहावे, स्पेशल मेन्सनमा निर्देशक जेफ्रे स्कट कोलिनको पोर ग्रेग ड्रोनिंग, उत्कृष्ट डकुमेन्ट्री निर्देशक युकीकाङको अ लिटल विस्डम, स्पेशल मेन्समा निर्देशक दीपक तोलंगेको टहरा, उत्कृष्ट सर्ट फिल्ममा निर्देशक मोहमद बक्सीको अर यु भलिबल, स्पेसल मेन्सन निर्देशक श्रेनांग ग्याम्जो तामाङको सुपर मोंक, स्पेसल मेन्सनमा निर्देशक अविनासविक्रम शाहको तातिनी, डिएमभी एप्रिसिएसन एवार्डमा निर्देशक स्टेन्ली प्रेस्टनको डाक्टर सी तथा निर्देशक संगीता अग्रवालको फाइभ अक्लक श्याडो तथा निर्देशक बारबारा के असारे बिडियाको ब्यालेट एफटर डार्कले स्पेसल मेन्सन एवार्ड जितेका थिए ।
नेपाललगायत विभिन्न देशका कुल ३४ वटा चलचित्र प्रदर्शन गरिएको उक्त महोत्सव विनोद पौडेलद्वारा निर्देशित बुलबुलको प्रदर्शनबाट सुरु भएको थियो भने प्रविन स्याङ्बोद्वारा निर्देशित चलचित्र कथा–७२ प्रदर्शन गर्दै सम्पन्न भएको थियो ।