साप्ताहिक संवाददाता
काठमाडौंका तीन स्थानमा सञ्चालन भैरहेको मनसुन मोबाइल मेलामा एसईईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न पाइरहेका छन् । एसईईको परीक्षाफल सार्वजनिक भएको अवसर पारेर मोबाइलसँगै ल्यापटप किस्ताबन्दीमा उक्त सुविधा उपलब्ध गराउन लागिएको हो ।
चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तलास्थित एप्पल वर्ल्ड मोबाइल तथा सिटिसी मल सुन्धाराको भुइँतलास्थित सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा एसईईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल खरिद गर्न सक्छन् ।
एसईई परीक्षार्थीले नुबिया जेट मिनी–१७, जेट–१७ मिनी एस, जेट–१७ लाइट, नुबिया भी १८ आदि मोडलका मोबाइलमा ५० प्रतिशत छुट पाउने सिटिसी मोबाइलले बताएको छ । त्यसैगरी सामसङ, हुवावे, भिभो, ओप्पो, अनर, एमआई, एप्पल, रियल मी, वानप्लस आदि ब्रान्डका विभिन्न मोडलका मोबाइलमा पनि ५ देखि ४० प्रतिशतसम्म छुट पाइने सिटिसीले जानकारी दिएको छ ।
यसका साथै हरेक मोबाइल किन्दा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लान तथा १ लाख बराबरको जीबन बिमा निःशुल्क पाइनेछ, त्यसका साथै सिनेमाको टिकटलगायतका अफरसमेत प्राप्त हुनेछ । ६ सय ५० रुपैयाँको किप्याड मोबाइल किन्दा पनि उल्लेखित अफरमा सहभागी हुन सकिन्छ । मेलामा जुनसुकै ब्रान्डका मोबाइल शून्य प्रतिशत ब्याजदरमा शून्य प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सकिन्छ ।
यस क्रममा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने व्यवस्थासमेत मिलाइएको सिटिसी मोबाइल हबले बताएको छ । यसमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने अफरको फाइदा पनि उठाउन सकिनेछ । मोइबालको खरिदमा हात खाली नजाने आकर्षक उपहारको व्यवस्थासमेत गरिएको छ भने गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल निःशुल्क प्रदान गरिँदै आएको छ । यो मेला असार मसान्तसम्म चल्नेछ ।