साप्ताहिक संवाददाता
असार २९, २०७६
गायक विशाल गौतमको ‘हातमा रुमाल’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक गौतमको नै शब्द, संगीत समावेश गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ भने सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ । गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने विकाश दाहालको छायांकन रहेको छ ।
सुगठीत शरीरमा निकै हृयाण्डसम देखिएका आकाशले आफ्नो प्रेम पाउन मरिहत्ते गरेको भिडियोलाई प्रकाश धितालले निर्देशक गरेका हुन् । जसमा नायक आकाश श्रेष्ठको अभिनय रहेको छ । ब्ल्याक, राम कहानी, लगायतका चर्चित फिल्ममा अभिनय गरिसकेका आकाशले सुन्दरी सृष्टीसँग अनस्क्रिन रोमान्स गरेका छन् ।
हातमा रुमालको म्यूजिक भिडियो :