गायिका ज्योती मगरले हङकङेली दर्शक छमछमी नचाईनएकी छिन् । ज्योतीको ‘उहि मुलाको सिन्की, ढाडे विरालो’ लगायत आफ्ना चर्चित दर्जन बढि गीत र धमाकेदार प्रस्तुतीमा दर्शकहरु चुप बस्न सकेनन् । बालबालिका तथा महिलाहरुका लागि शिक्षा सहयोगी फाउण्डेशन नेपालको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा ज्योतीसँगै डान्सर सुस्मिता शाही, गायक राज तामाङ् र गायीका हर्षिका आले मगरले पनि आफ्नो प्रस्तुती दिए ।
हङकङ आईडल राज तामाङले आधुनिक र डान्स नम्वर दुवैबाट दर्शकहरुको पर्याप्त तालि पाए । स्थानिय प्रतिभा हर्षिकाले नेपाली, हिन्दी दुवै गीतबाट दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिन ।
विभिन्न संघसस्थाका प्रतिनिधी, ब्यवसायीहरुको उल्लेखय उपस्थिती रहेको कार्यक्रम ब्लाक पिग ईन्टरटेन्मेन्टको ब्यानरमा बुलेटहाङ तिगेलाले आयोजना गरेका हुन् ।
कार्यक्रमबाट उठेको रकम फाउण्डेशनलाई चाँडै प्रदान गर्छौ, आयोजक तिगेला भन्छन् । नेपाल गएको बखत फाउण्डेशनमा आफै पुगेर त्यहाँको अवस्था हेरेपछि सहयोग गर्ने मनसाय भएकाले च्यारिटी कार्यक्रमको आयोजना गरेको उनले बताए ।
२०७२ सालमा आधिकारिकरुपमा दर्ता भएको फाउण्डेशनमा अहिले २४ जना बालबालिकाहरुले आश्रय लिईरहेका छन् । अनाथ, असहाय र पिडामा परेकाहरुलाई आश्रयसँगै शिक्षा, स्वास्थ्यको प्रवन्ध गरिरहेको संस्थाकी श्वेता केसीले बताईन ।