ताराको पछुतो 

- साप्ताहिक संवाददाता

असार ३०, २०७६

बलिउडमा स्थापित हुन संघर्ष गरिरहेकी अभिनेत्री तारा सुतारिया यतिबेला पछुतोमा छिन् । उनको पछुतो गत साता सार्वजनिक भएको शाहिद कपुरको चलचित्र ‘कविर सिंह’को सफलतापछि देखिएको हो ।

भनिन्छ उक्त चलचित्रमा मुख्य भूमिकाका लागि तारालाई नै प्रस्ताव गरिएको थियो, तर ताराले आफ्नो बलिउड पदार्पणका लागि ‘कविर सिंह’लाई पन्छाएर करण जौहरको ‘स्टुडेन्ट अफ द इयर–२’ लाई चुनेकी थिइन ।

त्यतिबेला ताराले अस्विकारेको ‘कविर सिंह’मा कियारा आडवाणीले मौका पाइन । ‘कविर सिंह’को सुपर सफलतापछि अहिले कियारा आडवाणीको हाइ–हाइ छ भने तारा आफ्नो निर्णयमा पछुतो मानिरहेकी छिन् । 

प्रकाशित :असार ३०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्