साप्ताहिक संवाददाता
असार ३०, २०७६
त्रिकेटको मैदानमा आफ्नो स्पिन बलिङबाट विश्वप्रसिद्ध ब्याट्सम्यानहरूलाई हैरान बनाउन सफल नेपाली क्रिकेटर सन्दीप लामिछाने गायकका रूपमा समेत स्थापित हुने क्रममा छन् । केही महिनाअघि पहिलो गीत सार्वजनिक गरेका क्रिकेटर लामिछाने यतिबेला आफ्नो दोस्रो गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् ।
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीपको पछिल्लो गीत ‘मेमोरी...’ को यो म्युजिक भिडियोमा सन्दीपसँगै राष्ट्रिय टिमका खेलाडीहरू सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी आदिले समेत अभिनय गरेका छन् । उक्त गीतमार्फत गायक लामिछानेले आफ्नो स्कुले दिनको सम्झना प्रस्तुत गरेका छन् जसको निर्देशन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् ।