साप्ताहिक संवाददाता
केकी अधिकारी र कोशिस क्षेत्रीको मुख्य भुमिका रहेको चलचित्र रातो गलबन्दीको फस्टलुकसँगै शिर्ष गीत सार्वजनिक भएको छ । साउन १७ मा प्रदर्शन हुने यो चलचित्रको पोस्टरमा मुख्य कलाकार केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङलाई देखाइएको छ ।
डेब्यु निर्देशक अनिश थापाको निर्देशनमा निर्माण गरिएको चलचित्रलाई हिमाल कडरिया र दुर्गा बस्नेतले निर्माण गरेका हुन् । शीर्ष गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । गोविन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका हुन् । संगीत बिनोद खुम्बुले सृजना गरेका हुन् ।
मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा तथा संवाद किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको चलचित्रको सह–निर्माता बासुदेव घिमीरे, अमृता मगैराम र कृष्ण घिमीरे हुन् । रातो गलबन्दीका कार्यकारी निर्माता प्रकाश दुलाल हुन् ।
पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिएको चलचित्र निकै राम्रो बनेको निर्माण टिमले जनाएको छ, चलचित्रलाई सुमन तामाङले खिचेका हुन् ।