साप्ताहिक संवाददाता
गायक कमल रसाइली तथा गायिका मेलिना राइको आवाजमा तयार भएको ‘एनी प्रोब्लेम...’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
गीतमा टेकु क्षेत्रीको शब्द तथा हरि लम्सालको संगीत निर्देशन छ । गीतलाई गायक कमल र मेलिनाले डान्सिङ नम्बरमा तयार पारेका छन् । यो गीतको भिडियोलाई दि कार्टुन क्रुले तयार पारेको हो ।
भिडियोमा कार्टुन क्रुको टिमलाई नै देख्न सकिन्छ । भिडियोलाई आश्मा विश्वकर्मा र सुविन चौहानले कोरियोग्राफी गरेका हुन् । भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् । यसैबीच, यो भिडियोको टिमले कभर भिडियो प्रतिस्पर्धा समेत आयोजना गरेको छ ।
सेप्टेम्बर ३ सम्म भिडियो तयार पारेर पठाउन सकिनेछ । नोभेम्बर १५ मा कभर भिडियोको नतिजा सार्वजनिक गरिने बताइएको छ । विजेताले ५० हजार रुपैयाँ नगद र दि कार्टुन क्रु जुनियरसँग नयाँ भिडियोमा नृत्य गर्न पाउने बताइएको छ ।
एनी प्रोब्लेमको म्यूजिक भिडियो :