लेस्बियन  प्रियंका र सृष्टि 

- साप्ताहिक संवाददाता

असार ३१, २०७६

पछिल्लो चलचित्र ‘प्रेम दिवस’ व्यवसायिक रूपमा असफल भए पनि अभिनेत्री प्रियंका कार्की निराश छैनन् । राम्रो अभिनय गर्दा–गर्दै पनि चलचित्र चलेन भने त्यसको दोष कलाकारलाई दिइनु हुँदैन भन्ने आममान्यता रहँदै आएको छ । आफ्नो नयाँ चलचित्रको व्यवसायिक पक्ष जे–जस्तो भए पनि अभिनेत्री कार्की भने यतिबेला एउटा नयाँ काममा व्यस्त छिन् ।

उनी कलाकारबाट निर्मात्री तथा निर्देशकमा बढुवा भएकी छिन् । प्रियंकाले निर्माण गर्ने पहिलो चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गर्दैछन् । यद्यपि, यसको कार्य भने प्रारम्भ भैसकेको छैन ।

त्यसअघि नै उनी एउटा वेभ सिरिजको निर्माण तथा निर्देशनमा सक्रिय छिन् । युवापुस्तालाई वेब सिरिजले आकर्षित गरिरहेको मौका पारेर प्रियंकाले ‘जस्ट एनदर लभ स्टोरी’ शीर्षकको वेबसिरिज निर्माण तथा निर्देशन गर्ने घोषणा गरेकी हुन् ।

आफ्नो निर्देशनको पहिलो सिरिजका लागि प्रियंकाले लेस्बियनहरूको प्रेम कथा रोजेकी छिन् । साउन ३१ गते सिरिजको पहिलो भाग सार्वजनिक हुने बताइएको छ । कम्तीमा १५ मिनेट लामो यो श्रृंखलामा प्रियंका स्वयं मुख्य भूमिकामा देखिने छिन् । उनलाई अभिनेत्री सृष्टि श्रेष्ठले साथ दिएकी छिन् । प्रियंकाका अनुसार उनको सिरिजले लेस्बियनहरूको मुद्दालाई सम्बोधन गर्नेछ । 

प्रकाशित :असार ३१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्