सौगातको माछा माछा कार्तिकमा 

- साप्ताहिक संवाददाता

श्रावण १, २०७६

सौगात मल्लले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘माछा माछा’ले रिलिज डेट लिएको छ । सौगातसँगै विजय बराल र अनोज पाण्डेले शिर्ष भूमिका निर्वाहा गरेको यो चलचित्र आगामी कार्तिक २९ गते रिलिज हुनेछ । 

तीनजना गाउँले युवाले शहरिया जीवनमा स्थापित हुन गरेको संघर्षको कथामा निर्मित चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माण टिमले कार्तिक २९ गतेलाई रिलिज डेट फिक्स गरेको हो ।

सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात, विजय र अनोजका साथमा नम्रता श्रेष्ठ र माओत्से गुरुङ पनि केन्द्रीय भूमिका निर्वाह गरेका छन् । 

पोस्टरमा अभिनेत्री नम्रता श्रेष्ठलाई पनि स्थान दिइएको छ । चलचित्रमा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, ध्रुब कोइराला, बसन्त भट्टलगायत कलाकारको पनि अभिनय छ । 

प्रकाशित :श्रावण १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्