साप्ताहिक संवाददाता
श्रावण १, २०७६
चलचित्र छपाकको छायांकन सकेर फुर्सदमा रहेकी दीपिका पादुकोण यतिबेला एउटा फरक समाचारका कारण चर्चामा छिन् । दीपिका पादुकोण गत साता न्यूयोर्कमा थिइन् । उनी त्यहाँ प्रेस्बाइटेरियन अस्पतालद्वारा आयोजित एन्ग्जाइटी युथ सेन्टर शीर्षकको पे डिनरमा सामेल भइन् ।
उक्त डिनरको लक्ष्य मानसिक स्वास्थ्यबाट पीडित मानिसहरूका लागि फन्ड जुटाउनु थियो । कुनैबेला मानसिक रोगबाट पीडित भैसकेकी दीपिकाले उक्त अवसरमा स्टार सेलिब्रिटी सुपर मोडल केन्डल जेनरसँग मिलेर मानसिक रोगविरुद्ध जागरुकता फैलाउने काम गर्ने घोषणासमेत गरिन् ।
यतिबेला दीपिका र केन्डल जेनरको मानसिक रोगविरुद्ध सहकार्य गर्ने यो घोषणाले अमेरिकी मिडियामा हाइप पाएको छ ।