तेस्रोलिंगी र समलिंगी का सौन्दर्य प्रतियोगिता
श्रावण १, २०७६
लैंगिक समानताको प्रसंग उठेपछि धेरै देशले तेस्रोलिंगीहरूको सौन्दर्य प्रतियोगिता आयोजित गर्दै आएका छन् । नेपालमा पनि तेस्रोलिंगीहरूबीच मिस पिंक प्रतियोगिता सम्पन्न हुने गरेको छ भने अन्य देशमा विभिन्न शीर्षकमा यही प्रकृतिका प्रतियोगिता सञ्चालन हुने गरेका छन् ।
तेस्रोलिंगीहरूको सौन्दर्य प्रतियोगिता देशभित्र मात्र नभएर अहिले अन्तर्राष्ट्रिय रूपमै समेत सञ्चालन गरिन्छ । यस्ता सौन्दर्य प्रतियोगिताका क्रममा तेस्रोलिंगी, लेस्बियन तथा गेको फरक–फरक प्रतियोगिता समेत आयोजित हुन्छन् ।
यसरी हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिस कन्टिनेन्टल, मिस ग्यालेक्सी, मिस इन्टरनेसनल क्विन, मिस टि वर्ल्ड, मिस टिफ्यानी आदि छन् । यसैगरी गे (पुरुष समलिंगी) हरूका लागि इन्टरनेसनल मिस्टर गे, इन्टरनेसनल मिस्टर लेदर, मिस्टर गे वर्ल्डजस्ता प्रतियोगिता सञ्चालनमा छन् ।
प्रकाशित :श्रावण १, २०७६
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्