शिल्पा पोख्रेल भन्छिन्– उनकै कुरा हुन्छ

- साप्ताहिक संवाददाता

श्रावण १, २०७६

पछिल्लो साता नेपाली रंग सञ्चार अभिनेत्री शिल्पा पोखरेललाई लिएर तातेको । उनको घर झगडा बाहिरिएपछि उनकै विषयमा चर्चा र बहस भैरहेका छन् । यहि बीचमा अभिनेत्री पोखरेलले पछिल्लो पटक अभिनय गरेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

गीतकार राजकुमार बगरको शब्द संगीत रहेको ‘उनकै कुरा हुन्छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गायक सुरेन चन्दले गाएको उक्त गीतको म्यूजिक भिडियोमा अभिनेत्री पोखरेललाई अभिनयमा को अमृत सुनार ‘अभी’ ले साथ दिएका छन् । गीतमा महाराज थापाको संगीत संयोजन छ । 

संगीत सागरको निर्देशन रहेको भिडियोमा रोहित कार्कीको छायांकन तथा पदम सुवेदीले सम्पादन गरेका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो । माया प्रेमका प्रसङ्गलाई गीतमार्फत उतारिएको गीत बजारमा आएसागै राम्रो प्रतिक्रिया पाइरहेको गायक चन्दले जानकारी दिए । 

 

गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :श्रावण १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्