साप्ताहिक संवाददाता
कालीप्रसाद बास्कोटा संगीत क्षेत्रमा जति लोकप्रिय छन्, उति नै बदनाम पनि । पटक–पटक विवादमा तानिएका बास्कोटा अहिले फेरी अर्को लफडामा परेका छन् ।
केहि महिनाअघि उनलाई ‘इन्स्टाको फोटो’ चोरी गरेको आरोप लागेको थियो । त्यसभन्दा अघि पनि विभिन्न झमेलामा पर्दै छुट्दै आएका थिए । पछिल्लो समयको इन्स्टावाला काण्ड सेलाउन नपाउँदै यि गायकलाई पुनः अर्को चोरीको आरोप लागेको छ ।
एक हप्ताअघि सार्वजनिक कालीको शब्द संगीतमा निर्माण भएको ‘समाचार’ बोलको गीतमा बिक्की महतको गीत ‘बुझाई देउ न’ बोलको गीतको संगीतसँग ठ्याक्कै मिलेको आरोप लगाइएको छ । महतले महानरीय प्रहरी परिसर, टेकुमा उजुरी समेत दिएका छन् ।
यस विषयमा कालीप्रसादले भने उक्त गीतसँग आफ्नो गीतको संगीत नमिलेको दाबी गरे । प्रहरीमा उजुरी परेसँगै कालीप्रसाद अर्को झमेलामा तानिएका छन्, अब यो झमेलाबाट कसरी मुक्त हुन्छन् हेर्न मात्रै बाँकी छ ।