साप्ताहिक संवाददाता
श्रावण २, २०७६
ओप्पोले गत अप्रिल महिनामा आफ्नो एफ–११ सिरिजअन्तर्गत नयाँ फ्ल्यागसिप मोडल सार्वजनिक गरेको थियो । एफ–११ प्रोअन्तर्गत कम्पनीले लगत्तै एफ–११ प्रो मार्वेल्स एभेन्जर्सको लिमिटेड एडिसनसमेत सार्वजनिक गरेको थियो ।
अब आएर ओप्पोले एफ–११ पनि नयाँ रंगमा उपलब्ध गराउने घोषणा गरेको छ । ओप्पोका अनुसार चाँडै नै कम्पनीले एफ–११ लाई ज्वेलरी ह्वाइट रंगमा उपलब्ध गराउने तयारी थालेको छ ।
३७ हजार ९ सय ९० रुपैयाँ मूल्य निर्धारण गरिएको एफ–११ हाल मार्बल ग्रिन तथा फ्लोराइट पर्पल रंगमा उपलब्ध छन् । कम्पनीका अनुसार नयाँ रंगको एफ–११ (ज्वेलरी ह्वाइट) नेपाली बजारमा मध्य जुलाईदेखि उपलब्ध हुनेछ ।