साप्ताहिक संवाददाता
श्रावण २, २०७६
अमेरिका निवासी गीतकार तथा साहित्यकार अम्बिका गुरुङको शब्द तथा बाल गायिका क्रिष्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको नयाँ गीत ‘नेपालकी छोरी’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ ।
गायिका श्रेष्ठ सानै उमेरमा लोकप्रिय बन्न सफल छिन् । उनले कयौं गीतमा आवाज दिएकी छिन् । सार्वजनिक गीतमा महेश ज्ञवालीको संगीत रहेको छ ।
गीतको भिडियोलाई निर्देशक शाशन कंडेलले निर्देशन गरेका छन् भने छायांकार रमेश बस्नेतले छायांकन तथा सम्पादन गरेका हुन् । सार्बजनिक म्युजिक भिडियोमा बालगायिका क्रिष्टिना श्रेष्ठलाइ फिचरिङ गरिएको छ ।
गीतको म्यूजिक भिडियो :