साउन ८ गते : अष्टमी व्रतः
मेष
जीवनशैलीमा परिवर्तन ल्याउन मेहनतको आवश्यकता पर्नेछ । परिस्थिति मुताबिक चल्न नसक्दा अरूको मुख ताक्नुपर्ने हुन सक्छ । डाहा गर्नेहरूले आफ्नो नामको फाइदा उठाउन सक्छन् । मंगलबारदेखि मित्रहरूको सहयोग एवं विद्वान्हरूको सद्भाव प्राप्त हुनेछ । साझेदारीमा व्यवसाय गर्न उत्प्रेरित भइएला ।
वृष
विद्यार्थीवर्गका लागि उपलब्धिमूलक समय छ । तर्कशक्तिका बलले उन्नतिको मार्ग पहिल्याइनेछ । भनेजस्तो रोजगारीमा प्रवेश वा पदोन्नतिको सम्भावना छ । अनुकूल स्थानमा स्थानान्तरण हुनसक्छ । विदेश भ्रमणका लागि समय अनुकूल देखिन्छ । सेतो रंग प्रयोग गर्न सके विशेष फाइदा हुनेछ ।
मिथुन
हतारमा गरिएको कामले उल्टो परिणाम दिन सक्छ । आफ्नो प्रतिभाको उच्च मूल्यांकन हुनुका साथै सामाजिक ख्याति वृद्धि हुनेछ । भाग्यले मन मिल्ने पात्र जुराउन सक्छ । उच्च तहका बौद्धिक व्यक्तित्वहरूबाट व्यावहारिक सहयोग पाइनेछ, जसका निम्ति केही दौडधूप गर्नुपर्ने हुन्छ ।
कर्कट
आफ्नो कामलाई अभिभावककहरूले समर्थन गर्नेछैनन् । सभा–सम्मेलन, तालिम आदिमा सहभागी हुने अवसर प्राप्त होला । कार्य क्षेत्रका अवरोधहरू स्वतः हट्दै जानेछन् । झूटा आरोपसमेत लाग्ने सम्भावना छ । कम बोल्नुमै आफ्नो हित छ । साताको अन्त्यमा नजिकका नातेदारबाट अपजस आइलाग्न सक्छ ।
सिंह
स्वास्थ्यले भनेजस्तो साथ नदिन सक्छ । बाहिरी खानपानबाट टाढै रहँदै सकेसम्म तातो वस्तु प्रयोग गर्ने प्रयत्न गर्नुहोला । सरोकार नभएको विषयले फजुल खर्च गराउनेछ । रातो रंगको प्रयोगले अभीष्ट पूरा गर्न सहयोग गर्नेछ । राम्रा काममा लगानी गर्ने अवसर जुट्नेछ ।
कन्या
विश्वासपात्रले वचन फेरबदल गर्न खोज्दा मानसिक तनाव उत्पन्न हुनेछ । अभिभावकहरूको मध्यस्थतामा खलबलिएको सम्बन्ध पुनः विश्वासमा परिणत होला । गोपनियता तथा होसियारीमा बढी ध्यान दिनुपर्नेछ । पर्याप्त सोच–विचार नगरी काममा संलग्न हुँदा नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ । साताको उत्तरार्द्धमा समय अनुकूल रहनेछ ।
तुला
मन पर्ने व्यक्तिहरूसँगको भेटघाटले सातालाई उत्साहप्रद बनाउनेछ । पारिवारिक जमघटमा तपाईंको प्रशंसा होला । सेवामूलक काम गरेर नाम, दाम एवं प्रतिष्ठा कमाउन सकिनेछ । खानपानको निम्तोमा संलग्न हुँदा स्वास्थ्यको ख्याल गनुपर्नेछ ।
वृश्चिक
साथीभाइसँग खानपानमा सहभागी हुँदा सावधानी अपनाउनुहोला । काममा सफलता प्राप्त हुनेछ भने धन आर्जनसमेत गर्न सकिनेछ । भनेजस्तो दाम हात पर्दा अभिभावकहरू दंग पर्नेछन् । जोडी नम्बर तथा सुनौलो रंग प्रयोग गर्न सके कार्य सम्पन्न गर्न थप सहज हुनेछ ।
धनु
पहेंलो रंगका पहिरनमा प्रस्तुत भै मठ–मन्दिर परिक्रमा गर्न आकर्षित भइनेछ । पूण्य आर्जनसहितको भ्रमण हुने सम्भावना टरेको छैन । खानपानमा फेरबदल भै शारीरिक दुर्बलता देखा पर्न सक्छ । पारिवारिक सल्लाहमा अन्योल देखा पर्दा तपाईंको ठोस प्रस्ताव नै निर्णायक हुनेछ ।
मकर
सामान्य मनमुटावमै टाढि…एका प्रेमी–प्रेमिकाबीचको सम्बन्धमा विश्वासिलो वातावरण विकसित होला । आकस्मिक यात्रा हुनसक्छ । तपाईंको मेहनत, कर्मठता एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । बाहिरी यात्रा गर्दा समयको ख्याल गर्नुहोला ।
कुम्भ
झन्झटिला कार्य आइलाग्दा मनमा निराशाले डेरा जमाउन सक्छ । ठूलाबडाको झूटा आश्वासनमा पर्दा आर्थिक क्षति बेहोनुपर्ने हुनसक्छ । मन पराउनेहरूको प्रस्तावमा ध्यान पुर्याएर मात्र निर्णय लिनुहोला । साताको अन्त्यमा भने घरायसी व्यवहारमा समय खर्चिनुपर्नेछ ।
मीन
सानो लगानीमा सुरु गरिएको व्यवसायले फड्को मार्दा रिस गर्नेहरू छटपटाउन सक्छन् । मित्रहरूबाट तपाईंले अपेक्षा गरेको सहयोगसहजै प्राप्त हुनेछ । प्रेमी–प्रेमिकाहरू प्रेरणाका स्रोत साबित हुनेछन् । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला । बाहिरी खानपानमा सहभागी हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।