साप्ताहिक संवाददाता
श्रावण ३, २०७६
गैरीधारास्थित लस स्कोबारले एड्रिन प्रधान अनप्लग्डको आयोजना गर्दैछ । आज शुक्रबार साँझ ६ बजेदेखि भोलि शनिबार विहान २ः३० बजेसम्म चल्ने ऊक्त कार्यत्रममा एड्रिनको लाइभ संगीत सुन्न १ हजार शुल्क तिर्नुपर्नेछ जसमा एक क्यान वियर निःशुल्क उपलब्ध हुने बताइएको छ ।
नाइट वीथ विश्व नेपाली
काःशी क्याफे, लाउन्ज एण्ड बार कीर्तिपुरले अ नाइट विथ विश्व नेपालीको आयोजना गर्दैछ । भोलि शनिबार बागभैरव बुटिक कीर्तिपुरमा प्रस्तुत हुने ऊक्त कार्यत्रममा विश्वसँगै जा ब्यान्डले पनि प्रस्तुति दिनेछ । २ सय ५० रुपैयाँ शुल्क तोकिएको उक्त इभेन्ट साँझ ५ बजेदेखि ९ बजेसम्म चल्ने बताइएको छ ।