साप्ताहिक संवाददाता
अन्तर्राष्ट्रिय रुपमा स्थापित नेपाली हेयर स्टाइलिस्ट नील डेविड कटवालको काठमाडौंको सिटी सेन्टरमा सञ्चालनमा रहेको नील डेविड्स सलून नयाा संरचना तथा व्यवस्थानसहित सञ्चालनमा आएको छ ।
नयाँ सलूनको बुधवार केक काटेर थालनी गरिएको हो । उक्त अवसरमा हेयर स्टाइलिस्ट नील डेविड कटवाल, उनकी फूपु नीशा क्षेत्री कटवाल, उनका धर्मबुवा डेविड भिनाइल, नील डेविडकी जीवनसंगीनी सुष्मा कार्की, उद्यमी कासिम मियााले केक काटेर उक्त सलूनको शुभारम्भ गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै हेयर स्टाइलिस्ट कटवालले नेपालीको मायाकै कारण आफू स्वदेशमा माक्र होइन विदेशमा समेत सत्रिय हुन सफल भएकोमा सबैलाई धन्यवाद दिए ।
सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको नील डेविड्स ईन्टरनेशनल यूनिसेक्स सलूनमा अत्याधुनिक प्रविधियुक्त उपकरण, गुणस्तरीय कस्मेटिक तथा प्रशिक्षित हेयर स्टाइलिस्टहरुले सेवा प्रदान गर्ने सञ्चालिका सुष्मा कार्कीले बताइन् ।
सिटी सेन्टरमा सञ्चालनमा आएको नयाँ सलूनको बारेमा आफ्नो धारणा व्यक्त गर्दै हेयर स्टाइलिस्ट कटवालले काठमाडौंका युवा–युवतीदेखि हरेक उमेरका व्यक्तिको आकर्षक गन्तब्य रहेको कमलपोखरीस्थित सिटी सेन्टरमा खुलेको आˆनो सलूनमा केश सज्जा सम्बन्धि सम्पूर्ण सुविधाहरु दिने बताए ।
‘युवा–युवतीको लूक्स परिवर्तन गर्ने, उनीहरुलाई स्टाइलिस्ट तथा आकर्षक बनाउने हाम्रो एक मात्र उदेश्य हो, नील डेविड भन्छन्–‘आफ्ना ग्राहकहरुलाई राम्ररी बुझ्नु र फेसनेवल देखिनका लागि सहयोग र्पुयाउनु हाम्रो मुख्य लक्ष्य हो ।’