साप्ताहिक संवाददाता
डेस्कटप डट आईएनआई फाइल कहाँ–कहाँ बसेको हुन्छ भन्ने कुरा प्रयोगकर्तालाई थाहा नहुन सक्छ तर उक्त फाइलले यति हैरान पार्छ कि प्रोग्राम फोल्डरभित्र अरू आवश्यक फाइलहरूभन्दा बढी डेस्कटप डट आईएनआई नै बढी देखिन थाल्छ । यसलाई जतिपटक डिलिट गर्यो यो उति नै देखा पर्दै जान्छ । यसबाट मुक्ति पाउने उपाय :
सबैभन्दा पहिले विन्डोज एक्सप्लोररमा जानुपर्छ, त्यहाँ कम्प्युटरको किबोर्डबाट ALT दबाउनुपर्छ । ALT दबाएपछि त्यहाँ सबैभन्दा माथि मेनुमा टुल्स देखिन्छ त्यसमा क्लिक गरेर तल ‘फोल्डर अप्सन’ मा क्लिक गर्नुपर्छ । त्यसपछि फोल्डर अप्सन्सको पप अप विन्डोज खुल्छ जहाँ त्यस विन्डोजको माथी भ्यु (view) मा क्लिक गर्नुपर्छ । उक्त क्लिक पछि माउस स्क्रोल गरेर Hide protected operating system files –recommended कहाँ छ खोज्नुपर्छ र फेला परेपछि त्यसमा मार्क लगाउँदै ‘अप्लाई’ बटन थिचेर ओके गर्नुपर्छ ।