साप्ताहिक संवाददाता
चलचित्र ‘मारुनी’को दोश्रो गीत सार्वजनिक भएको छ । चलचित्रको ‘सक्दिन म बाँच्न’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा चलचित्रका शिर्ष कलाकार अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
अर्जुन पोखरेलको संगीत रहेको गीतमा मेलिना राईले स्वर दिएकी छन् । सार्वजनिक गीत शब्द सुरेश वाग्लेले लेखेका हुन् । गीतको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका छन् । सिनेम्याटोग्राफी संजय लामाको हो ।
नवल नेपालले निर्देशन गरेको चलचित्रमा पुनम गौतम क्षेत्रीले लगानी गरेकी छिन् । चलचित्र मारुनी आगामी भदौ १३ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको छ । चलचित्र ‘मारुनी’ मा पुष्प र साम्राज्ञीसगै रेविका गुरुंग, आयुष प्रधान, अर्जुन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ । चलचित्रमा समावेश जाम्न माया जाम बोलको गीत रिलिज भैसकेको छ ।
सक्दिन म बाँच्नको भिडियो :