साप्ताहिक संवाददाता
यसै साता राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीका रूपमा पुरस्कृत बेनिशा हमालले गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र घरमा खुलेर बेड सिन दिएकी छिन् । हरर विधाको चलचित्र ‘घर’ का निर्देशक तथा अभिनेता अर्पण थापासंग अभिनेत्री हमालले दिएको बेड सिन अहिले चर्चामा छ ।
चलचित्रको उक्त दृश्य चर्चामा आएपछि अभिनेत्री हमालले पहिलो पटक त्यसका सम्बन्धमा मुख खोलेकी छिन् । त्यसो त बेनिशाले कुनै पनि चलचित्रका लागि बेड सिन दिएको यो पहिलो अवसर हो ।
हालै एउटा अन्तर्वार्ताका क्रममा अभिनेत्री हमालले रतिरागको उक्त दृश्य चलचित्रको कथाको माग भएको दावी गरेकी छिन् । कलाकार भएपछि सीमित क्षेत्रमा मात्र बाँधिनु नहुने उनको तर्क छ । ‘फरक–फरक भूमिका गर्नु आफ्नै लागि पनि नौलो प्रयोग हुने रहेछ, अभिनेत्री हमालको भनाइ छ— ‘म फरक–फरक भूमिका गर्न रुचाउँछु, त्यस क्रममा उक्त दृष्य पनि मेरा लागि नयाँ अनुभव हो ।’
अभिनेत्री हमालका अनुसार चलचित्र हेरिसकेपछि उनको चरित्र अनुसार उक्त दृष्य सामान्य लाग्नेछ । ‘मैले दिएको बेड सिनेमा दर्शकले आँखा छोप्नु पर्दैन, हमालको दाबी छ । यता ट्रेलर हेरेर आश्चर्यमा परेका दर्शकहरूले ठूलो पर्दामा उक्त दृश्य देखेर कस्तो प्रतिक्रिया दिने हुन्, हेर्न बाँकी नै छ ।