साप्ताहिक संवाददाता
श्रावण ५, २०७६
भारतीय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान केएल राहुल यतिबेला बलिउड अभिनेत्रीहरूसँगको चक्करका कारण चर्चामा छन् । आलिया भट्टकी नजिककी साथी तथा फेसन डिजाइनर आकांक्षा रञ्जना कपुरसँग अफेयरमा रहेका भनिएका केएलले यतिबेला सुनिल सेट्टीकी छोरी आथिया सेट्टीसँग डेटिङ गरिरहेको बताइन्छ ।
आथिया आकांक्षाको पनि नजिककी साथी हुन भने केएलले आकांक्षामार्फत नै आथियासँग परिचय गरेका थिए । आथियासँग केएलको निकटता बढेपछि आकांक्षाले आथिया र केएल दुवैलाई आफ्नो बेस्ट फ्रेन्डको लिस्टबाट रिमुभ गरेकी छिन् । यसअघि केएलको नाम दक्षिण भारतकी चर्चित अभिनेत्री निधि अग्रवालसँग पनि जोडिएको थियो ।