‘प्रेम गीत ३’ भित्रिए दारीवाला अर्थात प्रेम पुरी

- रामजी ज्ञवाली

श्रावण ५, २०७६

आगामी चैत २८ मा प्रदर्शन हुने यसवर्षकै प्रतिक्षित चलचित्र हो ‘प्रेम गीत ३’ । यो चलचित्रको मुख्य भुमिकामा अभिनेता प्रेम पुरीले पनि काम गर्ने भएका छन् । उनलाई आसुसेन फिल्म्सले केहि दिनअघि आधिकारिक रुपमा साइन गराएको छ ।

निर्माता सन्तोष सेनले भने, ‘एउटा महत्वपुर्ण भुमिकाको लागि उहाँलाई लिएका हौं, क्यारेक्टर अनुसार उहाँ फिट हुनुहुन्छ ।’ निर्माता सेनका अनुसार पुरीलाई राम्रै पारिश्रमिकमा इन्ट्रि गराइएको हो । यद्यपी, उनलाई के–कति पारिश्रमिक दिइएको हो भन्ने विषयमा खुलाउन निर्माता सेनले खुलाएनन् ।

प्रेम पुरीले यसअघि आसुसेनकै पहिलो चलचित्र ‘चंखे, शंखे, पंखे’ को मुख्य भुमिकामा काम गरिसकेका छन् । त्यसअघि उनले ‘सम्झिराख है’ मा समेत काम गरेको अनुभव छ । तर, ‘चंखे शंखे पंखे’ आफ्नो करिअरकै महत्वपुर्ण चलचित्र हो भन्छन् उनी । ‘उक्त चलचित्रपछि धेरै चलचित्रको अफर आयो, तर गरिनँ’, उनले भने । आकर्षक ज्यान र अभिनयका कारण उनले धेरै चलचित्रको अफर छोडेपनि राम्रो व्यानरका प्रोजेक्टमा मात्रै काम गर्ने सोच अनुसार यो प्रोजेक्टमा भित्रिएको बताए । यो चलचित्रमा अभिनेता पुरी नेपालका नाम चलेका पुराना र पाकासहित पछिल्लो समयका सुपरस्टार प्रदीप खड्का लगायतसँग सहकार्य गर्ने छन् ।

अचम्मको कुरा त के हो भने पुरी तिनै व्यक्ती हुन् जसले निर्माता सन्तोष सेनलाई नेपाली चलचित्र उद्योगमा भित्राएका हुन् । सेनको पहिलो चलचित्रमा अभिनय गरेपनि त्यसपछिका चलचित्रमा उनले पर्दापछाडि रहेर सहयोग गर्दै आएका थिए ।

हाल अभिनेता पुरी दिनरात चलचित्रको क्यारेक्टरका लागी प्राक्टिक्स गरिरहेका छन् ।

प्रकाशित :श्रावण ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्