साप्ताहिक संवाददाता
श्रावण ५, २०७६
काठमाडौं
सन् २०१८ की मिस नेपाल श्रृंखला खतिवडा हाल घुमघामका लागि नेपाल भन्दा बाहिर छिन् । उनको इन्स्टाग्राम हेर्नेहो भने हाल टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको थाहा हुन्छ । टर्किमा घुमघाममा व्यस्त श्रृंखलाको नेपालमा भने राम्रै चर्चा भैरहेको छ ।
टर्कीमा उनले भ्ल्गर शिसन बाँनियासँग खिचेको एक तस्वीरले नेपाली मिडिया तातिरहेको छ । उनिहरु केहि समयदेखि प्रेममा रहेको चर्चा छ । त्यसो त शिसन र श्रृंखला गहिरो सम्वन्धमा रहेको कुरा केहि समयअघि वजारमा गसिप वनेर आएको थियो । तर, श्रृंखलाले भने आफु सिंगल रहेको बताउँदै आएकी थिइन् ।
शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर खिचिएको फोटो अहिले भाइरल भएको छ । श्रृङ्खलाले टर्की पुगेर घुमाउरो पाराले आफ्नो प्रेमको घोषणा गरेकी त होइनन् ? त्यो भने उनिहरुलाईनै थाहा होला ।