साप्ताहिक संवाददाता
श्रावण ६, २०७६
गायक सुगम पोखरेलको स्वरमा रेकर्ड भएको नयाँ गीत ‘लैजा हावा...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा राजन भुजेलको शब्द तथा संगीत सुन्न सकिन्छ ।
शैलेन्द्रमान प्रधान बाबुले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।
दिलिप समनको निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा अभिलाषा शर्मा तथा सागर थापाले अभिनय गरेका छन् ।
भिडियोलाई फराज अर्पणले सम्पादन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :