डेब्यु गर्दै  दिलीप पुत्री 

- साप्ताहिक संवाददाता

श्रावण ६, २०७६

अभिनेता दिलीप रायमाझीले पनि आफ्नी सुपुत्री दिव्या रायमाझीलाई चलचित्रमा ल्याउने तयारी गरेका छन् । हाल अमेरिकामा रहेकी दिव्या स्वयंले पनि चलचित्रमा करियर बनाउन रुचि देखाएको बताइन्छ ।

दिलीपले आफ्नो समेत लगानी रहने चलचित्र ‘लक्का जवान’ मार्फत छोरीलाई अभिनयमा पदार्पण गराउन चाहेको चर्चा चलेको छ । चलचित्रका निर्देशक शिवहरि पौडेलले समेत दिव्याले अभिनय गर्ने विषयमा पहल भैरहेको बताएका छन् ।

यद्यपि कुनै पनि कुरा फाइनल भने भैसकेको छैन । अमेरिकामा रहेर उच्च शिक्षा हासिल गरिरहेकी दिव्या यदि चलचित्रमा आइन् भने नेपाली चलचित्रमा दोस्रो पुस्ताका कलाकारहरूको संख्या अझ बढ्नेछ । 

प्रकाशित :श्रावण ६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्