सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करणको आवेदन फारम खुल्यो

- साप्ताहिक संवाददाता

श्रावण ६, २०७६

रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’  हुने भएको छ । गत मंसिर ३ गते पहिलो संस्करण सम्पन्न भएको थियो ।  अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन २५ गतेसम्म रहेको आयोजकले जनाएको छ । 

२०७५ बैशाखदेखी चैत्रसम्म बजारमा आएका गितहरुले अवार्डमा सहभागी हुन पाउने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुनेछ ।

अवार्ड  ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको छ । यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।

सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ  । गीत/संगीतका क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने छ । यस्तै नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित :श्रावण ६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्