साप्ताहिक संवाददाता
श्रावण ६, २०७६
नेपाली सुगम संगीतमा चिनिएको नाम हो – काब्य आचार्य । थुप्रै आधुनिक गीतमा आवाज भरेकी गायिका आचार्यको तीज गीत सार्वजनिक भएको छ । अघिल्लो वर्ष ‘विरानो भयो माईतीको आँगन’बोलको तीज गीत सार्वजनिक गरेकी आचार्यले यो वर्ष भने रोमान्टिक गीत सार्वजनिक गरेकी छिन् ।
‘मन परेको पाए भने दिलमा सजाउँछु’बोलको सार्वजनिक गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् । सार्वजनिक गीतमा शब्द पनि संगीतकार श्रेष्ठकै रहेका छन् ।
गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । स्मृति तिमल्सिनाले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अभिनेत्री श्रृष्टि श्रेष्ठले नृत्य गरेकी छिन् । झण्डै ३० जनाको कोरस नृत्य राखेर निर्माण गरिएको गीतको भिडियोको सुरेश श्रेष्ठले छायांकन गरेका हुन् ।
दिलमा सजाउँछुको म्यूजिक भिडियो :