पहिलो औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड

- साप्ताहिक संवाददाता

श्रावण ७, २०७६

‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ को आयोजना हुने भएको छ । अवार्ड आउँदो भदौ २५ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुने छ । अवार्ड सहभागीताका लागि आयोजकले साउन मसान्तसम्म आफ्ना गीत/संगीत दर्ता गराउन आग्रह गरेको छ । दर्ता भएका गीत/संगीत मध्येबाट भदौको दोस्रो साता उत्कृष्ठ ५ सार्वजनिक गरिने आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले बताएका छन् । 

लामो समय देखि नेपालको विभिन्न जिल्लाहरुमा औद्योगिक ब्यापार मेला महोत्सब तथा सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएको औद्योगिक शान्ति नेपालले पहिलो पटक म्यूजिक अवार्डको आयोजना गर्न लागेको हो ।  अवार्डमा २०७५ साल बैशाखदेखि चैतसम्म सार्वजनिक भएका गीत/संगीतका स्रष्टाले सहभागिता जनाउन सक्ने छन् । 

उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक पुरुष/महिला, राष्ट्रिय गीत, पप/आधुनिक, प्लेब्याक सिंगर गायक/गायिका, भाषा भाषिका गित म्युजिक भिडियो, एल्बम लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने अवार्ड संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्दले बताए । 

विभिन्न महोत्सब तथा सास्कृतिक कार्यक्रम गर्दै आएको औद्योगिक शान्ति नेपालले सांगीतिक क्षेत्रको बृहत्तर हित, सांगीतिक क्षेत्रमा समर्पित भएका व्यक्तित्वहरुको सम्मान तथा नव प्रवेशीका लागि अवसर प्रदान गर्नका लागि अवार्ड आयोजन ागर्न लागेको आयोजकको भनाई छ । 

अवार्डमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । यस्तै नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । यसका साथै समाजका विभिन्न प्रतिष्ठित व्यक्तिलाई सम्मान समेत प्रदान गरिने भएको छ ।

औद्योगिक शान्ति नेपाल सस्थामा आवद्ध रहेर ब्यापार ब्यबसाय गर्दै आएका पाँच उत्कृष्ट व्यापारीलाई समेत अवार्ड प्रदान गरिने सस्थाका उपाध्यक्ष राजकुमार खड्काले जानकारी गराएका छन् । औद्योगिक शान्ति नेपाल म्युजिक अवार्डको फर्म क्रियटिभ इन्साइट मिडियाको कार्यालय बागबजारमा उपलब्ध छ ।

 

प्रकाशित :श्रावण ७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्