साप्ताहिक संवाददाता
श्रावण ७, २०७६
अभिनेता रमित ढुंगानाले आफ्नो नयाँ चलचित्रका लागि अभिनेत्री सुपुष्पा भट्टसमक्ष प्रस्ताव राखे । सुपुष्पाले अध्ययनको कारण देखाउँदै उक्त भूमिका अस्वीकार गरिन् । आफैंले निर्माण तथा अभिनय गर्ने चलचित्र ‘राजा साहेब’ का लागि रमितले अन्य केही अभिनेत्रीसमक्ष पनि प्रस्ताव राखे, तर उनले प्रस्ताव राखेका अभिनेत्रीहरू खै किन हो तर्किंदै गए । भन्नेहरूले त चलचिक्रमा रमितको त्रेज नभएकाले नयाँदेखि पुराना अभिनेत्रीहरूसम्म उनीसँग जोडी बनाउन चाहँदैनन्सम्म भने ।
अहिले आएर दुई जना नयाँ अनुहार रमितको अभिनेत्री बन्न तयार भएका छन् । ती मध्ये एक हुन्— सोनिका केसी । सोनिकाले शम्भुजित बासकोटाको चलचित्र ‘चौका दाउ...’ को एउटा गीतमा आइटम डान्स गरेकी छिन् भने अर्की अनुहार हुन्— आईशा राई जो लामो समयदेखि मोडलिङमा सक्रिय छिन् ।