साप्ताहिक संवाददाता
श्रावण ७, २०७६
प्यारका पन्चनामा, सोनुकी टिटुकी स्वीटी, लुकाछिपीजस्ता सफल चलचित्रमा अभिनय गरेर चर्चामा आएका कार्तिक आर्यन यतिबेला बलिउडमा हट केक मानिन्छन् । पछिल्लो समय उनको नाम सारा अली खानसँग जोडिंदै आएको छ ।
यसबीच भूमि पेडनेकरले कार्तिक आर्यनलाई चारो हाल्न थालेको खबर आउन थालेको छ । हाल सन् १९७८ मा सार्वजनिक भएको एक्स्ट्रा मेरिटल अफेयरमा आधारित बीआर चोपडाको सफल चलचित्र पति, पत्नी और वहको सोही शीर्षकको सिक्वेलमा काम गरिरहेका भूमि र कार्तिकको अन्तरंग सम्बन्धको चर्चाले बलिउड तातेको छ ।
कार्तिकको प्रशंसा गर्दै भूमिले उनलाई ऊर्जावान् र मित्रता गर्न लायक अभिनेता भनेपछि उनीहरूबीच केही पाकिरहेको हल्ला चलेको हो ।