दीलिपको ‘हेल्लो काशीराम’ छायाँकनमा

- साप्ताहिक संवाददाता

श्रावण ७, २०७६

 

पुराना अभिनेता दीलिप रायमाझीले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘हेल्लो काशीराम’को छायाँकन सुरु भएको छ । कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रको सोमबारबाट छायांकन प्रारम्भ गरिएको हो । यो चलचित्र रिम विश्वकर्माले निर्देशन गर्न लागेका हुन् । 

चलचित्रमा अभिनेता दीलिप रायमाझीसँग अभिनेत्री नवज्योति रसाइलीले रोमान्स गर्ने छिन् । दीलिप र नवज्योतीका साथमा कलाकारहरु अर्जुन गुरुङ, उमेश मायालु, उमेश राइ, सरोज केसी, सुमन खाँड लगायतलाई पनि यो चलचित्रमा देख्न सकिने छ । 

पीबि.थापा सह–निर्माताको रुपमा रहेको चलचित्रमा शंकर महर्जनको द्वन्द्ध रहनेछ । यो चलचित्र पूर्ण हास्यप्रधान चलचित्र भएको निर्देशक रिमको भनाई छ । 

 

प्रकाशित :श्रावण ७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्