साप्ताहिक संवाददाता
सकेसम्म आफ्नै करेसाबारीमा ताजा तरकारी उत्पादन गरौं । यदि ठाउँ छैन भने घरको कौसी वा छतमा गमला राखेर तरकारी फलाऔं । यति गरे विषादीको प्रकोपबाट पक्कै जोगिन सकिन्छ ।
दीपक तामाङ
विषादीको प्रकोपबाट बच्न एकदमै सजिलो छ । भारतबाट आयातित हुने तरकारी खानु भएन । आफ्नै बारीमा अर्गानिक तरकारी फलाउनुपर्यो ।
संस्कृति लामिछाने
भारतको रासन बन्द गर्नुपर्यो । आफ्नै बारीमा खानेकुरा उत्पादन गरेर आफैंमा निर्भर हुन सक्नुपर्यो ।
नेत्रा राई
घरेलु उत्पादनमा जोड दिनुपर्छ, त्यसपछि सकेसम्म बजारिया फलफूल तथा तरकारीको उपभोग कम गर्नुपर्छ । हामी आत्मनिर्भर हुनु नै सबैभन्दा राम्रो उपाय हो ।
राज अधिकारी
अबदेखि हामी सबैले भारतीय तरकारी नखाने निर्णय गरौं, त्यसपछि समस्याको समाधान आफैं हुन्छ ।
प्रलाद सिलवाल
स्वदेशी उत्पादनमा जोड दिऊँ । कृषिमा आधुनिकता ल्याउने अनि बाहिरबाट आयात हुने तरकारी राम्रोसँग चेक गरेर मात्र भित्रिन दिने काम गरौं ।
फिरोज श्रेष्ठ
खानेकुरामा परिसकेको विषादीबाट कसरी जोगिनेभन्दा पनि कसरी मिसावट भयो, त्यसमै ध्यान पुर्याउनुपर्यो । हामी सबै आ–आफ्नो स्वास्थ्य प्रतिसजग हुनुपर्छ । सरकारका सम्बन्धित निकायले पनि प्रभावकारी ढंगले कदम चाल्नुपर्छ ।
नरिश्वर गौतम
केही गर्नै पर्दैन । फेसबुकमा स्टाटस लेखेर बस्ने र माइतीघर मण्डलामा उफ्रने समयमा आफ्नो गाउँको बाँझो खेतबारी खनेर तरकारी फलाउने, त्यसपछि विषादीको टन्टै साफ ।
गणेश बानियाँ
सरकारले हरेक प्रदेशका किसानले उत्पादन गरेको तरकारी किन्ने बन्दोबस्त मिलाउनुपर्छ । कोल्ड स्टोरको राम्रो चाँजोपाँजो मिलाउनुपर्छ । यति गरेपछि कुनै पनि देशको तरकारीमा आश्रित हुनुपर्ने बाध्यताको अन्त्य आफैं हुनेछ ।
विश्वप्रकाश
खानेले खाएपछि बेच्नेले त जे पनि बेचिहाल्छन् नि । आफैं पनि आफ्नो स्वास्थ्यप्रति सजग हुनुपर्यो अनि जिम्मेवार निकायले पनि आफ्नो काम राम्रोसँग गर्नुपर्यो ।
विप्लव मगर
हामी सबैले आ–आफ्नो घरको करेसा बारीमा तरकारी उब्जाउनुपर्छ अनि घरमा तयार पारिएको सिन्की तथा गुन्द्रुकको झोल खानुपर्छ । यति गरे तरकारीमा हुने विषादीबाट जोगिन सकिन्छ ।
तुलुसा बन्जरा
खाद्य सुरक्षालाई सुनिश्चित गर्न खाद्य व्यापारलाई व्यवहारिक बनाउने । दोस्रो गुणस्तरमा ध्यान दिएर खानेकुरा जाँच गर्ने । यति गरे धेरै हदसम्म विषादीबाट जोगिन सकिन्छ ।
सपु अधिकारी
विषादी मुक्त तरकारीका लागि खाडी गएका सबै युवालाई स्वदेश फिर्ता बोलाउनु पर्यो । त्यसपछि आधुनिक औजार दिएर कृषिमा लगाउनु पर्यो । खाद्यान्नको उचित व्यवस्था, प्रबन्ध, संरक्षण, वितरण एवं भण्डारणमा सरकारले पनि चासो देखाउनुपर्यो ।
ब्रहिम विष्ट
सम्भव भएसम्म आफैं उत्पादन गर्ने, सस्तोको बहानामा जहाँ पायो त्यहीँ खरिद नगर्ने । अर्गानिक तरकारी उत्पादन गर्नेहरूलाई हौसला दिएर सहयोग पुर्याउने ।
कृष्ण रिजाल
नेपाल सरकारले कृषि उत्पादनमा लगानी गर्ने, बजार व्यवस्थापन गर्ने एवं आफैं अर्गानिक तरकारी उत्पादन गरेर स्वदेशी उत्पादनलाई प्राथमिकता दिने काम गर्यो भने तरकारीमा हुने विषादीबाट मुक्त हुन सकिन्छ ।
अन्जना सुनार
सरकारले बजारलाई आफ्नो अधिनमा ल्याएर विषादीयुक्त खानेकुरालाई बजारबाट विस्थापित गर्नुपर्छ ।
नवराज आचार्य
विषादीबाट त जतिसक्दो जोगिने हो तर त्यसो गर्न निकै गार्हो छ । आफ्नो शरीरमा भएको विषादी बाहिर निकाल्न न्युट्रिसन सप्लिमेन्टको आवश्यकता हुन्छ, त्यसैले यसको प्रयोग गर्नुपर्छ ।
नरेश राई