साप्ताहिक संवाददाता
अब नेपाल पनि इन्फो (nepalinfo.net) मोबाइल एप्लिकेसनको सहयोगले स–साना व्यवसायलाई समेत ब्रान्डिङ गर्न सकिनेछ । हालका लागि नेपाल इन्फोमा सिटी इन्फो नामक फिचर उपलब्ध छ जसमा आम सेवाग्राहीले सजिलैसँग आफूले खोजेको सहरमा भएका व्यवसाय तथा आवश्यक नम्बरदेखि सम्पूर्ण सहरको विवरण प्राप्त गर्न सक्छन्, यो फिचरमा व्यवसायको ठेगाना म्यापको प्रयोगबाट समेत देखाइएको छ ।
नेपाल इन्फोभित्र स्थानीय सरकार तथा जनप्रतिनिधिको विवरणसमेत समेटिएको छ । नेपालको अहिलेको राजनैतिक ढाँचाअनुसार स्थानीय सरकार कस्तो छ ? वडा कसरी बनेको छ ? सम्पूर्ण विवरण प्राप्त गर्न सकिन्छ ।
त्यसबाहेक उक्त एपले नेपालका पर्यटकीय स्थल, सांस्कृतिक मूल्य–मान्यतालाई तिनको ऐतिहासिकता, सामाजिक मान्यता एवं आम जनमानसमा रहेको त्यसको छविसहित समेटेको छ । एपमा हरेक स्थानीय तह, प्रदेश तथा संघका साथै विभिन्न निकायका बडापत्रसमेत उपलब्ध गराइएको छ ।
उक्त एपको सबैभन्दा महत्वपूर्ण पाटो त्यसमा उपलब्ध डिजिटल सटर हो । हरेक व्यवसाय तथा उद्यमको आफ्नै परिचय र ब्रान्ड हुनुपर्छ । अहिलेको डिजिटल व्यापार अर्थात् अनलाइन व्यापारको युगमा स–साना उद्यमी वा उत्पादनसमेतले आफूलाई राम्रोसँग ब्रान्डिङ गर्न सक्ने हो भने त्यो व्यवसाय सफलतातर्फ उन्मुख हुन्छ । यही कुरालाई मनन् गरेर यो एपले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल सटर उपलब्ध गराएको हो ।
नेपालका ग्रामीण क्षेत्रका साना तथा लघु उद्यमीलाई डिजिटिलाइजेसन गर्ने लक्ष्यका साथ नेपाल इन्फोले अहिले इटहरीमा प्रधान कार्यालय स्थापना गरीे इटहरी, विराटनगर, पथरी, नेपालगन्ज, बुटवल, कोहलपुर, सुर्खेत आदि स्थानका स्थानीय युवाहरूलाई समेटेर आफ्नो कामलाई अघि बढाएको छ ।
नेपाल इन्फो एपमा कुनै पनि व्यवसायीले आफ्नो व्यावसायिक विवरणहरू निःशुल्क डाउनलोड तथा अपडेट गर्न सक्छन् । नेपाल इन्फोको लक्ष्य भनेकै मुलुकका ७७ वटै जिल्लाका साना तथा मझौला व्यवसाय तथा व्यवसायीहरूको पूर्ण विवरण उपलब्ध गराउनु हो ।