‘फटाह फणिन्द्रे’मा सुस्मा कार्की  

- साप्ताहिक संवाददाता

श्रावण ८, २०७६

 

नेपाली कथानक चलचित्र ‘फटाह फणिन्द्रे’मा अभिनेत्री सुष्मा कार्कीले शिर्ष भूमिका निर्वाह गर्ने भएकी छिन् । अरुण खड्काले निर्माण गर्न लागेको यो चलचित्रका अन्य कलाकार भने पक्का गरिएको छैन् । अन्य कलाकारको नाम केहि समयपछि सार्वजनिक गर्ने निर्माता खड्काले बताए । 

यो चलचित्र निर्माता खड्कालेनै निर्देशन गर्ने छन् । उनले यसअघि ‘तिम्रो लागि’ र ‘पाठशाला’ निर्माण गरेका थिए । 

चलचित्रमा उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा तथा सम्वाद रहने छ भने रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायांकन रहनेछ । कमेडी जनरामा बन्ने चलचित्रको कार्यकारी निर्माता नेत्र बिष्ट हुन् । 

 

प्रकाशित :श्रावण ८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्