मात्तिइन् अन्जली 

- साप्ताहिक संवाददाता

श्रावण ९, २०७६

चलचित्रका अभिनेता/अभिनेत्री हुन् वा म्युजिक भिडियोमा अभिनय गर्ने नर्तक/नृत्यांगना, अलिकति चर्चामा आउनेबित्तिकै उनीहरू एक खालको नखरा देखाउन थालिहाल्छन् । यस्तै घमन्ड मोडल तथा नृत्यांगना अन्जली अधिकारीमा पनि देखा पर्न थालेको बताइन्छ ।

विगत चार वर्षदेखि म्युजिक भिडियोमा व्यस्त अधिकारी एक वर्ष अघि सार्वजनिक भएको बोलमाया गीतको भिडियोबाट आमदर्शकको नजरमा परेकी हुन् भने गलबन्दीले उनलाई थप चर्चामा ल्यायो । त्यससँगै अन्जलीको पारो चढेको संगीतकर्मीहरू बताउँछन् ।

अभिनयमा उत्कृष्ट अन्जलीलाई यही घमन्डले सिध्याउने त होइन ? कतिपय संगीतकर्मीको आशंका छ । एक स्रोतका अनुसार अन्जलीको व्यवहारकै कारण केही कोरियोग्राफर, सिनेम्याटोग्राफर तथा सर्जकसँग उनको सम्बन्ध चिसिएको छ ।

चर्चामा जो पनि आउँछन्, तर त्यसलाई यथावत् राख्न सक्नु कलाकारको विशेषता हो । त्यसैले अन्जलीले समयमै सचेत हुने हो कि ? 

प्रकाशित :श्रावण ९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×