साप्ताहिक संवाददाता
ऋचासिंह ठकुरीले प्रमुख भूमिका निर्वाह गरेको चलचित्र ‘सुपर गोर्खे’ यसै साता प्रदर्शन भएको छ । एकताका चलचित्रमा व्यस्त अभिनेत्री ऋचाले यही चलचित्रमार्फत अभिनयमा पुनरागमन गर्दैछिन् । राज थापाले निर्देशन गरेको चलचित्र सुपर गोर्खेमा ऋचाका अतिरिक्त सुरजसिंह ठकुरी, निराजन लुइँटेल, भूपेन्द्र क्षेत्री, कामना भुजेल, भानु डेभिड विष्ट, सचिन केसी, उत्तम विष्ट, विनय दाहाल, सन्तोष श्रष्ठ तथा राज थापाको समेत अभिनय छ ।
अबिर हाउसको व्यानरमा निर्माण भएको यो चलचित्रमा इश्वरी सिंह ठकुरी, रामकृष्ण ठूले तथा सुदीपजंग थापाले लगानी गरेका छन् । सुपर गोर्खेमा किरण माइकलको पटकथा तथा संवाद, राज थापाको कथा, सौरभ लामाको छायांकन, बनिष शाह र सालिक दुलालको सम्पादन, ताराप्रकाश लिम्बु र फिलिप जोनको संगीत, चन्द्र पन्तको द्वन्द्व तथा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी हेर्न पाइनेछ । यो चलचित्रलाई श्रीकृष्ण फिल्म्स तथा बिके फिल्म्सले वितरण गर्दैछन् ।