साप्ताहिक संवाददाता
श्रावण १०, २०७६
गायिका इन्दिरा भट्टराई र गायक रविन्द्र महराको आवाजमा एक गी सार्वजनिक भएको छ । ‘गर्दिन म डिस्टर्ब’ बोलको सार्वजनिक गीतमा गायिका भट्टराई र गायक महराले गानमा सहकार्य गरेका हुन् । सार्वजनिक गीतमा हिमांसु महराको शब्द संगीत रहेको छ ।
गीतमा हिजो मायामा रहदाका पलहरुलाई सम्झना गर्दै आगामी दिनमा एकले अर्कालाई डिस्टर्ब नगर्ने भाव उल्लेख गरिएको छ । गीत मार्फत एकले अर्काको इर्ष्या नगर्ने पनि उल्लेख गरिएको छ ।
गीतको म्यूजिक भिडियोमा अन्नेम गोले, अस्मिता राई र गीतकार महराले अभिनय गरेका छन् ।
रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको म्यूजिक भिडियोमा अन्नेम गोलको कोरियोग्राफी रहेको छ । गीतमा जीवन बडुको संगीत संयोजन रहेको छ ।
गीतको म्यूजिक भिडियो :