साप्ताहिक संवाददाता
श्रावण १०, २०७६
इन्डियन फलेर बार टेन्डर एसोसिएसनले भारतमा हालै आयोजना गरेको बेस्ट ककटेल प्रतियोगितामा पोखराका गोविन्द थापाले दुईवटा बेस्ट ककटेल एवार्ड जितेका छन् । यो प्रतियोगितामा भारत, माल्दिभ्स तथा नेपालका गरी ३७ जनाले प्रतिस्पर्धा गरेका थिए ।
थापा स्कुल अफ बार टेन्डर्स पोखरामा कार्यरत छन् । यसैगरी भारतमै भएको बार टेन्डर ड्रिङ्स प्रतियोगितामा थापा फस्ट रर्नसअप भए । प्रतियोगीतामा भारत र नेपालका गरी ३५ जनाले भाग लिएका थिए । ती प्रतियोगिता भारतको मुम्बई तथा बेंगलुरुमा भएका थिए ।